२ गम्भीर घाइते बालकको गोल्डेन अस्पताल र १६ जनाको बीपीमा उपचार हुँदै (नामावलीसहित)


विराटनगर । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ । घाइते मध्ये धनकुटा–५ का विष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ४ वर्षीय बच्चाको अवस्था गम्भीर छ ।
उनीहरूको गोल्डे अस्पताल विराटनगरमा उपचार भइरहेको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए । १६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
महोत्सवमा किचिएर घाइते भएका ३२ जनालाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि रिफर भएका १६ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले बताएको छ ।
घाइते मध्य १२ जना जिल्ला अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।घाइते मध्य अधिकांश बालबालिका छन् ।
जिल्ला अस्पताल धनकुटाले रेफर गरेका घाइतेको नामावली
१ विष्णु राई धनकुटा ५
२ अबिहाङ लिम्बू (विष्णुको छोरा)
३ गोमा कार्की
४ अनिषा राई
५ नारायण राई
६ ३ वर्षीय बच्चा (नाम नखुलेको)
७ प्रकट श्रेष्ठ
८ बुद्दिमाया लिम्बु
९ सबिन पौडेल
१० सन्दिप साह
११ प्रवेश राई
१२ श्रेया कटुवाल
१३ हिरा राना
१४ अनुषा राई
१५ बिनिता लिम्बु
१६ सबिन लिम्बु
१७ सुनिल लिम्बु
१८ प्रकाश प्रधान