आजको मौसम : सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना – Nepal Press

आजको मौसम : सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि केही प्रदेशमा हल्क वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज राति प्रदेश १, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही भूभागमा सामान्य बदली रहने छ । बाँकी भागमा मौसम सामान्यतः सफा रहने छ ।

तराईका केहि स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर