पेस्तोलसहित दुई युवक पक्राउ – Nepal Press

पेस्तोलसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो र सोही ठाउँका २६ वर्षीय शंकर महतो छन् ।

पेस्तोल बोकेर हिँडिरहेको सूचनाका आधारमा मिथिला नगरपालिका २ नक्टाझिझको विश्वकर्मा चोकस्थित रोशनलाई चेकजाँच गर्दा माउजर पेस्तोल र सो पेस्तोलमा लोड गरिएको म्यागेजिन १ थान र म्यागेजिनमा लोड भएको केएफ दशमलव ६५ उल्लेख भएको २ थान गोली बरामद भएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।

माघ १२ गते रोशन पक्राउ परेको र उनले दिएको बयानका आधारमा पेस्तोल बिक्री गरेका शंकरलाई समेत पक्राउ गरेको एसपी खड्काले बताए ।

उनका अनुसार शंकरबाट रोशनले शंकरलाई ५० हजार नगद दिएको र पछि २० हजार रुपैयाँ दिने सहमतिमा पेस्तोल खरिद गरेको थियो ।

पक्राउ परेका शंकर र रोशनमाथि थप अनुसन्धान भइरहेको र कानून बमोजिम कारबाही अगाडी बढाउने एसपी खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *