गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिए

२०७९ माघ १४ गते १३:३५

काठमाडौं । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि गृहको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले राजीनामा दिएका कारण प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको बताइएको छ ।
लामिछानेले नागरिकता प्रकरणमा दोषी देखिएपछि हिजो राजीनामा दिएका थिए ।
प्रतिक्रिया