ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग – Nepal Press

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध गराई सहयोग गरेकोे छ ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गरिएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

कार्यक्रममा बैंकका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *