सन्दीप लामिछानेको स्टाटस : उज्यालोअघि सधैँ अँध्यारो हुन्छ – Nepal Press

सन्दीप लामिछानेको स्टाटस : उज्यालोअघि सधैँ अँध्यारो हुन्छ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आईसीसी त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा नपरेपछि सन्दीप लामिछानेले ‘उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’ भन्दै प्रतिक्रिया दिएका छन् ।

बलात्कार आरोपमा जेल परेका सन्दीप २० लाख धरौटीमा रिहा भएका थिए । उनी रिहा भएपछि बन्द प्रशिक्षणमा बोलाउने/नबोलाउने अन्यौलमा क्यान रहेकाे थियो । क्यानले शुक्रवार बन्द प्रशिक्षणमा बोलाउने खेलाडीकाे सूचीमा उनको नाम समावेश गरेन ।

त्यसपछि सन्दीपले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपालले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी लिग—२ अन्तर्गत चार खेलको एकदीवसीय श्रृंखला खेल्ने तालिका रहेको छ ।

पहिलो चरणको प्रशिक्षणका लागि शुक्रवार क्यानले सार्वजनिक गरेको २८ खेलाडीमा केही पुराना खेलाडीले पुनरागमन गरेका छन् भने केही नयाँ अनुहार समेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर