फैसलालाई स्वागत र स्वीकार गर्छु, अनागरिक भएँ : रवि लामिछाने (भिडिओ) – Nepal Press

फैसलालाई स्वागत र स्वीकार गर्छु, अनागरिक भएँ : रवि लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार र स्वागत गर्ने बताएका छन् ।

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए ।

उदास मुद्रामा देखिएका लामिछानेले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको प्रष्ट पारे ।

उनले भने, ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’


प्रतिक्रिया

One thought on “फैसलालाई स्वागत र स्वीकार गर्छु, अनागरिक भएँ : रवि लामिछाने (भिडिओ)

  1. रवि यस्तो निराश कुरा नगर । तिमि फेरि आउ । अझ कडा बनेर आउ । यहाँका लुटेराहरूको काल बनेर आउ । दुईवटा नागरिकता बनाएर न्यायाधिश खाने यहि सर्वोच्चका न्यायाधिश हुन् । यस्ताले फैसला गरे भनेर निराश हुने ? जनताको अदालतले यो सर्वोच्चको फैसला मान्दैन । तिमिले अब पहिलेकोभन्दा पनि बढी भोट पाउछौ । एक महिनामा तिमिले गरेको कामले यहाँ वर्षौंदेखि लुटेर खाएकाहरूको निद्रा खलवलिएको थियो । तिमी लुटेरा र देश बेचुवाहरूको सिकार भयौ । तर हार नमान । खुरूक्क प्रक्रिया पुर्याएर नागरिकता लेउ । अमेरिकाको त्यागिसकेपछि यहाँको नपाउने कुरै छैन । काँग्रेस र एसमा भारतीय नागरिकतावाला अझै छन् । तिमी पार्टीको अध्यक्ष फेरि बन । चुनाव भए फेरि जितेर आउ । पहिलेभन्दा बढी भोट ल्याउछौ । पहिला भोट नहालेको भए पनि अब म तिमीलाई भोट हाल्छु । नेकपा एसको बैधताको फैसला अहिलेसम्म गर्दैन सर्वोच्च । बालुवाटारको जग्गा खानेलाई खुलेआम राजनीति गर्न दिईरहेको छ सर्वोच्चले । अझ सरकारी जग्गा खाने माकुने प्रधानमन्त्री र बाबुराम राष्ट्रपति खान हिडेका छन् । त्यो फैसला अझैसम्म नगर्ने सर्वोच्च राताराता रविको फैसला गर्छ । अझ जितेर आउ र यो देशका भ्रष्ट न्यायाधिशलाई टुडिखेलमा चारपाटा मोडने कानून ल्याउ । हिम्मत नहार । जनता अझ बढी तिम्रो साथमा उर्लिएको छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर