माओवादी स्थायी कमिटी : पार्टीमा उठेका विषयमा ठोस प्रस्ताव बनाउन महासचिव र उपमहासचिवको टीमलाई जिम्मा – Nepal Press

माओवादी स्थायी कमिटी : पार्टीमा उठेका विषयमा ठोस प्रस्ताव बनाउन महासचिव र उपमहासचिवको टीमलाई जिम्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटीको बैठकमा उठेको विषयमा होमवर्क गर्न महासचिव र उपमहासचिवको टीमलाई जिम्मा दिइएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले महासचिव देव गुरुङसहित उपमहासचिवहरुलाई अध्ययन गर्न जिम्मेवारी दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, जनार्दन शर्माले संगठनसम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन गरेका थिए ।

बैठकमा पेश भएका प्रतिवेदनमाथि २७ जनाले आआफ्नो धारणा राखेको प्रवक्ता महराले बताए । उनले पार्टी एकताका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग छलफल भइरहेकोसमेत बताए । वार्ता सकारात्मक भइरहेको उनको भनाइ छ।

महासचिव र उपमहासचिवहरुले तयार पारेको ठोस प्रस्ताव लिन माघ १६ गते पुनः बैठक बस्ने महराले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर