सडकमा सुकुमबासी : विकल्पविना उठीबास नलाउन माग (तस्बिरहरू) – Nepal Press

सडकमा सुकुमबासी : विकल्पविना उठीबास नलाउन माग (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुमबासीले आज पनि प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आव्हानमा लालपुर्जा माग्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

महानगरले जबरजस्ती डोजर लगाएर आफूहरूलाई उठाउन लागेको उनीहरूको गुनासो छ ।

प्रदर्शनकारीले जबरजस्ती उठीबास बन्द गर, डोजर आतंक बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुमबासीको पनि हो, जस्ता नाराअंकित प्लेकार्ड बोकेका छन् ।

हिजोमात्रै काठमाडौं महानगर प्रमुख बालेन शाह र गृहमन्त्री रवि लामिछानेबीच सुकुमबासी बस्ती व्यवस्थापनका विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर