नोटको प्रयोग घट्दै – Nepal Press

नोटको प्रयोग घट्दै

काठमाडौ । पछिल्लो समय नोटको प्रयोग घट्न थालेको छ । राष्ट्र बैंकले हालसम्म बजारमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको जनाएको छ ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्म ६ खर्ब १ करोड रूपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको जनाएको हो । असार मसान्तसम्ममा यस्तो नोट ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रूपैयाँ बराबरको चलनचल्तीमा रहेको थियो । असार मसान्तको तुलनामा अहिले बजारमा चलनचल्तीमा रहेको नोट घटेको देखिएको छ । नेपालमा नोटको प्रयोगको तुलनामा पछिलो समय डिजिटल भुक्तानी बढेको छ ।

पुस समान्तसम्म केन्द्रीय बैंकसँग १२ खर्ब ७८ अर्ब विदेशी मुद्रा सञ्चिति छ भने यो समयको विदेशी मुद्रा दायित्व (तिर्नुपर्ने) भने ४० अर्ब रूपैयाँभन्दा बढी छ । आईएमएफसम्बन्धी दायित्व नै ३७ अर्ब छ । यस्तै स्वदेशी मुद्राको दायित्व १० खर्ब ३८ अर्ब ६४ करोड रूपैयाँ बराबरको छ भने स्वदेशी मुद्राबाट आर्जन गरेको सम्पत्ति (एसेट) २ खर्ब ५६ अर्ब रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर