मुलुकको शोधान्तर सकारात्मक भएकाले तरलता सुधार हुँदै गएको छ : गभर्नर अधिकारी (भिडिओ) – Nepal Press

मुलुकको शोधान्तर सकारात्मक भएकाले तरलता सुधार हुँदै गएको छ : गभर्नर अधिकारी (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुँदै गएको बताएका छन् ।

बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा सरस्वतीको मन्दिर उद्घाटन गर्दै गभर्नर अधिकारीले बिगत १४ महिनादेखि देखिएको शोधनान्तर घाटाको अवस्था गत असोजदेखि सुधार भएको र त्यसको सकारात्मक असर तरलतामा परेको बताए । उनले शोधनान्तर अवस्था र तरलतामा सुधार हुँदै गएकाले नै व्याजदर घट्दै गएको र छिटै कर्जामा पनि यसको असर देखिने धारणा राखे ।

२ करोड भन्दा कम ऋण लिने साना व्यवसायीहरुलाई बेस रेटमा दुई प्रतिशत भन्दा बढि थप लिन नमिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको उनले बताए । अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोवारमा जोड्ने अभियान सुरु गरिएको जानकारी दिए ।

चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित ज्योति माध्यामिक बिद्यालयमा चौदण्डीगढी वडा नं ७ का वडा अध्यक्ष केशव अधिकारी दम्पतीले करिव १५ लाखको लागतमा सरस्वती मन्दिर निर्माण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर