माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- धोखाधडीको राजनीति होइन अहिलेको सहमति जोगाएर जानुपर्छ – Nepal Press

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- धोखाधडीको राजनीति होइन अहिलेको सहमति जोगाएर जानुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिँदा भएको राष्ट्रिय सहमतिलाई कायम राख्नुपर्ने बताएका छन् ।

पार्टी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री प्रचण्डले निधेषको राजनीति अन्त्य गर्नु अहिलेको आवश्यता भएको बताए ।
प्रचण्डको भनाइलाई उदृत एक स्थायी कमिटी सदस्यले भने, ‘मैले विश्वासको मत लिने बेलामा राष्ट्रिय सहमति बन्यो । यसलाई जिम्मेवार भएर राष्ट्र निर्माणका लागि कायम गरेर जानुपर्छ ।’

कठीन अवस्थामा बनेका राष्ट्रिय सहमतिलाई इमानदारीपूर्वक प्रस्तुत गर्ने उनको भनाइ छ ।

‘राजनीतिक दलहरुमा एउटाले अर्कोलाई निषेध गर्ने, परास्त गर्ने, धोकाधडी दिने संस्कार र संस्कृति भयो अहिलेसम्म त्यसले गर्दा राष्ट्रले धेरै दुःख पायो । हामी अहिलेसम्म इमानदारीपूर्वक प्रस्तुत भएका छौं’ प्रचण्डको भनाइ छ, ‘तर, कठिन अवस्थामा राष्ट्रिय सहमति कायम हुने गरेको छ । अहिले पनि हामी यसलाई कायम गरेर जान्छौं ।’

 


प्रतिक्रिया

3 thoughts on “माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- धोखाधडीको राजनीति होइन अहिलेको सहमति जोगाएर जानुपर्छ

  1. एमालेलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति कायम गरे भैहाल्यो नि काँग्रसले । त्यो गर्न तयार छ काँग्रेस ? छैन । राष्ट्रिय सहमतिको नाममा काँग्रेसले माओवादीको भोट चोरेर राष्ट्रपति खान खोजेको हो । प्रधानमन्त्री र राष्ट्रपति दुवै माओवादीलाई नदिने भएपछि माओवादी काँग्रेस छोडेर एमालेतिर आएको हो । त्यो बेला चाहिँ कहाँ गयो राष्ट्रिय सहमति ? त्यहि भएर काँग्रेसलाई लुटेराहरूको पार्टी भनेको हो ।

  2. नारायण प्रसाद अधिकारी #केपी ओलि तथा नेकपा एमाले समर्थक says:

    रास्ट्रपति एमाले लाई न दिनि कुरा कुनै पनि हालतमा मान्य हुदैन कौरेड
    छेपारोले रंग फेरेझै कुरा न गरौ न

Leave a Reply to नारायण प्रसाद अधिकारी #केपी ओलि तथा नेकपा एमाले समर्थक Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर