प्रेमप्रसादको परिवारलाई न्याय माग्दै राजधानीमा निरन्तर प्रदर्शन – Nepal Press

प्रेमप्रसादको परिवारलाई न्याय माग्दै राजधानीमा निरन्तर प्रदर्शन

काठमाडौं । संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आचार्यले उठाएका बिषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले ‘अर्को जल्दो शरीर मेरो नहोस्’, ‘गरिखाने कि मरिजाने’, उद्यमशील नेपाल नारामात्र हो सरकार ?’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो ।

इलामका व्यवसायी आचार्यले मंगलबार नयाँ बानेश्वर सडकमा आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पताल लगिएकोमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *