भारतको ७४ औं गणतन्त्र दिवसमा भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई नगद सम्मान – Nepal Press

भारतको ७४ औं गणतन्त्र दिवसमा भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई नगद सम्मान

काठमाडौं । भारतको ७४औं गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई ४ करोड ६० लाख नगद रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरेका थिए ।

सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे । दूतावासले विभिन्न २३ संस्थालाई १६ लाख रुपैयाँ बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो ।

दूतावासले सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता समेत जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *