बैशाख १ गते प्रदर्शन मिति घोषणा गर्दै ‘बिहे पास’को पोस्टर रिलिज – Nepal Press

बैशाख १ गते प्रदर्शन मिति घोषणा गर्दै ‘बिहे पास’को पोस्टर रिलिज

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत सिनेमा ‘बिहे पास’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

‘बिहे पास’को सार्वजनिक दुई पोस्टरमध्ये एउटामा दया र प्रकृति गालामा रेडिमेड माला लगाएर नवविवाहित दुलहा(दुलहीको रुपमा चित्रित छन् भने अर्को पोस्टरमा उनीहरुसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेल पनि फिचर्ड छन् । प्रवेश पौडेलले सिनेमाको निर्देशन गरेका हुन् ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम राई, विहाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, प्रकाश भुजेल, नविन शेरचनको पनि अभिनय रहेको छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । उनीहरु सिनेमा वितरक समेत हुन् । रोजन श्रेष्ठ निर्माता रहेको सिनेमाको सह(निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

विवाहको कथामाथि निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, मित्र देव गुरुङको सम्पादन, डिबी खनालको गीत रचना, प्रवेश मलिकको संगीत, मुर्रे केर, अकाश बराल, साजन काफ्लेको कथा, बराल र काफ्लेको पटकथा तथा संवाद रहेको छ । अभिनेता दयाहाङ राई र प्रकृति श्रेष्ठले पहिलो पटक बिहे पासमा काम गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर