‘महाभारा’लाई जेयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले दियो वर्षको उत्कृष्ट कृतिको सम्मान – Nepal Press

‘महाभारा’लाई जेयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले दियो वर्षको उत्कृष्ट कृतिको सम्मान

काठमाडौं । झापाको जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले सम्पादक तथा लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’लाई वर्षको उत्कृष्ट कृतिका रुपमा छनौट गरेको छ ।

अध्यक्ष गोपीकृष्ण प्रसाईंका अनुसार वुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरुबाट बस्नेतको ‘महाभारा’ लाई उत्कृष्ट कृतिका रुपमा छनौट गर्दै पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२५ हजार राशीको पुरस्कार फागुन ६ गते एक औपचारिक कार्यक्रम आयोजना गरी प्रदान गरिने संस्थाले जानकारी दिएको छ ।

‘महाभारा’ पूर्वी पहाडको माओवादी युद्धकालीन कथामा आधारित उपन्यास हो। उपन्यास यो वर्षको मदन पुरस्कारको उत्कृष्ट आठ पुस्तकको सुचिमा समेत परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर