कर्णालीमा राज्यमन्त्री थप, उर्मिला विश्वकर्माले लिइन् शपथ

२०७९ माघ ११ गते १९:१७

सुर्खेत । कर्णाली प्रदेशमा राज्यमन्त्री थप गरिएको छ । राज्यमन्त्री नियुक्त उर्मिला विश्वकर्माले बुधबार नै शपथ लिएकी छन् ।
उनलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शपथ खुवाएका हुन् । उनलाई भौतिक पूर्वाधार तथा जलस्रोत राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।
उनी नेकपा माओवादी हुम्लाबाट समानुपातिक सांसद बनेकी थिइन् ।
यसअघि मुख्यमन्त्री शर्माले माओवादी केन्द्र र एमालेबाट ३-३ जना मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गर्दा विश्वकर्माकाे नाम उल्लेख थिएन ।
प्रतिक्रिया
सम्बन्धित खवर