पूजा शर्माको बलिउड मोह : पठान रिलिज भएको खुशीयालीमा केक काटिन् – Nepal Press

पूजा शर्माको बलिउड मोह : पठान रिलिज भएको खुशीयालीमा केक काटिन्

काठमाडौं । आफ्नो चलचित्र रिलिज हुँदा ‘नेपाली चलचित्रलाई माया गरौं’ भन्दै दर्शक हम्किने हाम्रो कलाकारहरुको विदेशी चलचित्रप्रतिको मोह उदेकलाग्दो छ । जस्तो कि नायिका शर्माले एक भारतीय चलचित्र नेपालमा रिलिज भएको खुशीमा हास्याँस्पद सेलिब्रेसन गरिन् ।

बलिउड अभिनेता शाहरुख खान स्टारर चलचित्र ‘पठान’को ‘फस्ट डे फस्ट शो’ हेर्न पुगेकी अभिनेत्री पूजा शर्माले ‘पठान’ रिलिजको खुशीयालीमा केक काटेकी छन् । शाहरुख फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले सुनधाराको सीडीसी सिनेमाजमा आयोजना गरेको शोमा फ्यानहरुसँग केक काट्दै उनले खुशीयाली साटेकी हुन् ।

केक काटेका तस्बिर र भिडिओ क्लिप्सहरु पूजाले आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेकी छन् । ‘पठान’ उत्कृष्ट एक्सन फिल्म भएको दाबी गर्दै शाहरुखको फ्यान हुनुमा आफूलाई गर्व रहेको कुरासमेत उनले आफ्नो इन्स्टाग्राममा उल्लेख गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *