रामचन्द्रलाई प्रदीप ज्ञवालीको प्रश्न- पुस १० गते बिहानसम्म सबै पदमा एकल वर्चस्व खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो ? – Nepal Press

रामचन्द्रलाई प्रदीप ज्ञवालीको प्रश्न- पुस १० गते बिहानसम्म सबै पदमा एकल वर्चस्व खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो ?

‘रामचन्द्र पौडेलका अभिव्यक्तिमा इमान होइन, अवसरवाद छचल्कियो’

रुपन्देही । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आवश्यकताका विषयमा उठाएको विषयमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनका अभिव्यक्तिमा इमान नभएर अवसरवाद छचल्किएको टिप्पणी गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नेता ज्ञवालीले पुस १० गते बिहानसम्म प्रमुख कार्यकारी र संवैधानिक पदहरुमा एकल वर्चस्व कायम गर्न खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो होला ? भन्दै प्रश्न पनि गरेका छन् ।

कांग्रेस नेता पौडेलले समस्याग्रस्त अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रकृया नटुंगिएको अवस्थामा राष्ट्रिय सहमति आवश्यक भएको भन्दै संसदमा राखेको तर्कमा नेता ज्ञवालीले यी समस्या अहिले एकाएक कहाँबाट आए ? हिजो अदालतलाई प्रयोग गर्दै जननिर्वाचित सरकारर्लाइ विस्थापित गर्दा, सदनको ठूलो दल विभाजन गर्ने प्रयोजनको अध्यादेश ल्याउँदा, प्रतिपक्षविरुद्ध सत्तापक्षीय गठबन्धन गर्दा, यस्ता सहमति कहाँ हराएका थिए ? भनी सोधेका छन् ।


प्रतिक्रिया

One thought on “रामचन्द्रलाई प्रदीप ज्ञवालीको प्रश्न- पुस १० गते बिहानसम्म सबै पदमा एकल वर्चस्व खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो ?

  1. राष्ट्रिय सहमति यी लुटेराहरूको लुटने बहाना मात्र हो । त्यसो हो भने सभामुखमा एमालेलाई किन भोट नहालेको भारतीय आदेशपालकहरू ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर