वागमती प्रदेश सरकारले पूर्णता पाउँदै, नयाँ मन्त्रीको सपथ भोलि २ बजे हुने – Nepal Press

वागमती प्रदेश सरकारले पूर्णता पाउँदै, नयाँ मन्त्रीको सपथ भोलि २ बजे हुने

हेटौँडा । मुख्यमन्त्री नियुक्त भएको १५ दिन पछि वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (वुधबार) मन्त्रीपरिषद विस्तार गर्ने भएका छन् । प्रदेशमा रहने मन्त्रालयको आज टुंगो लागेसँगै मुख्यमन्त्री जम्कट्टेलले भोलि मन्त्रीमण्डल विस्तार गर्ने र दिउँसो २ बजे सपथको तयारीसमेत गरेका छन् ।

११ वटा मन्त्रालयको भागवण्डाको विषयमा अहिले मुख्यमन्त्री जम्कट्टेलसहित पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता तथा विना विभागीय मन्त्री उद्धव थापासहित तीनवटा दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । बैठकले मन्त्रालयको भागवण्डा मिलाउने र भोली बिहान आफ्नो-आफ्नो दलले मन्त्रीहरुको नाम चयन गर्ने बैठकमा सहभागी एकजना नेताले नेपाल प्रेसलाई बताए ।

१४ बाट ११ वटा कायम हुँदा सरकारलाई समर्थन दिएका सबै दललाई सरकारमा ल्याउने प्रयास असम्भव देखिएको ति नेताको दाबी छ । वागमतीमा गत माघ ३ मा सरकारले विश्वासको मत लिई सकेको अवस्थामा अब मुख्यमन्त्री जम्कट्टेलले आफूहरुलाई विश्वासको मत दिने मध्यको हाम्रो नेपाली पार्टीलाई सकेसम्म संसदीय समितिको सभापति दिएर मनाउने प्रयास गरेको र ११ वटा मन्त्रालयहरु तीन दलले बाढन चाहेको श्रोतको दाबी छ । सोहीअनुसार हाम्रो नेपाली पार्टीसँग छलफल भएको र अब एमाले, माओवादी केन्द्र र राप्रपा मात्र सरकारमा जाने संभावना बढेको ती नेताले बताए ।

मन्त्रालय कम भएसँगै दबाबमा परेका मुख्यमन्त्री जम्मकट्टेलले हाम्रो नेपाली पार्टीलाई मनाउन सकेको अवस्थामा मन्त्रालय बाँडफाँट सहज हुने देखिएको छ । यसो हुँदा एमालेले ५, माओवादी केन्द्रले ४ तथा राप्रपाले २ मन्त्रालय पाउनेछन् । राप्रपाले ३ मन्त्रालय दाबी गरेको भएपनि सभामुख पनि पाएको कारण उसले दुईवटा मन्त्रालयमा चित्त बुझाउनपर्ने देखिएको छ ।

आज प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले आफूलाई समर्थन गरेका दलहरुलाई सरकारमा ल्याउनको लागि कुरा भएको तर ‘फाईनल’ भने भैनसकेको भन्दै हाम्रो नेपाली पार्टी र एकिकृत समाजवादी सरकार बाहिर पर्नसक्ने शंकेत गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर