काठमाडौं ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्था सुरु

२०७९ माघ १० गते १८:५९

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाको सुरुवात भएको छ ।
पहिलो दिन १० जनाले सम्पत्ति कर, नाता प्रमाणित गरेको, बहाल कर, व्यवसायिक लगायत कर तिरेका छन् । आज डिजिटल प्रणालीबाट कुल ८४ हजार रुपैयाँको राजस्व संकलन भएको वडा कार्यालयले जनाएको छ ।
यसले क्रमिक रुपमा भ्रष्टाचार घटाइ सुशासन कायम हुने विश्वास महानगरका मेयर बालेन्द्र शाहको सचिवालयले लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर