सुनकोशी गाउँपालिकाका बाल विकास सहजकर्ताहरुलाई मण्टेश्वरी तालिम – Nepal Press

सुनकोशी गाउँपालिकाका बाल विकास सहजकर्ताहरुलाई मण्टेश्वरी तालिम

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा सञ्चालित बाल विकास कक्षाहरुलाई मन्टेश्वरी प्रणालीमार्फत सञ्चालन गरिने भएको छ । यसको लागि गाउँपालिकाले बाल विकासमा कार्यरत सहजकर्ताहरुलाई ६ दिने मण्टेश्वरी तालिम सञ्चालन गरेको हो ।

विद्यालयमा रहेका वाल विकास र समुदायमा आधारित वाल विकासमा कार्यरत ३५ जना सहजकर्ताहरु मण्टेश्वरी तालिममा सहभागी छन् ।

गाउँपालिकाले पहिलो पटक बाल विकासका सहजकर्ताहरुलाई मण्टेश्वरी तालिम दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै विद्यालय र समुदायमा सञ्चालित बाल विकास केन्द्रहरुमा मण्टेश्वरी प्रणालीमार्फत पठनपाठनको व्यवस्था गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो ।

गाउँपालिकाको शिक्षा शाखामार्फत सञ्चालित तालिम प्रभावकारी भएको सहजकर्ताहरुले बताए ।

गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले आगामी वर्षदेखि मण्टेश्वरी आधारित भएर सबै सामुदायिक विद्यालयहरुमा सञ्चालित बाल विकास लाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर