बैंकर्स संघले भन्यो- ऋण लिएर तिर्दिनँ भन्न मिल्दैन – Nepal Press

बैंकर्स संघले भन्यो- ऋण लिएर तिर्दिनँ भन्न मिल्दैन

काठमाडौं । अहिले उद्योग व्यवसायी र बैंकर्सबीच भनाभन नै चलिरहेको छ । नेपाल बैंकर्स संघले आज पत्रकारहरुसँग छलफल गर्दै ऋण लिएका ऋणीहरुले ऋण तिर्दैनौं भन्न नमिल्ने बताएको छ ।

बैंकले ब्याजदर वृद्धि गरेर उद्योग व्यवसाय नै चलाउन समस्या आएको भन्दै उद्योगीहरु सडकमा नै आएर आन्दोलन गरेका थिए ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘विश्वका धेरै देशको उद्योगधन्दाहरु अहिले समस्यामा नै छन् । नेपालमा मात्रै उद्योग व्यवसाय राम्रो हुनुपर्ने भन्न मिल्छ ? बैंकबाट ऋण लिएपछि त्यसको ब्याज र ऋण तिर्दिनँ भन्न मिल्दैन । अहिले देशको अवस्था नै त्यस्तै छ । सबैले अवस्था बुझेर नै काम गर्नु पर्ने छ । बैंकले अहिले कमाएको नाफा त्यति राम्रो छैन । ४ वर्ष अघि नै बैंकहरुले अहिलेको जति नाफा कमाएका थिए ।’

विस्तारै आर्थिक अवस्था सुधार हुँदै गएको समेत केसीले बताए ।

यसभन्दा अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि लिएको ऋण तिर्दिनँ भन्न नपाइने बताएका थिए । आज बैंकर्स संघले पनि सो कुरा बताएको हो ।

कोरोनाको समय र कोरानापछि बैंकले ब्याजदर वृद्धि गरेको भन्दै विरोध गर्दै आएका छन् । अर्थमन्त्रीले उद्योगी व्यवसायीसँघ भेट गर्दा ब्याजदर घटाउनेसमेत बताउदै आएका थिए । तर, पुस मसान्तसम्मको तथ्यांक हेर्दा आधार दर वृद्धि हुँदै गएको छ ।

आधार दर हेर्दा तत्काल नै ब्याजदर घट्ने अवस्था छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर