बाबरको कप्तानीमा आईसीसीको ओडीआई ‘टिम अफ दी इयर’, टेस्ट र टी–२० आईमा को को परे ? – Nepal Press

बाबरको कप्तानीमा आईसीसीको ओडीआई ‘टिम अफ दी इयर’, टेस्ट र टी–२० आईमा को को परे ?

काठमाडौं । पाकिस्तानका ओपनर ब्याटर बाबर आजमको कप्तानीमा आईसीसीले २०२२ पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय टिम आफ दी इयर सर्वजानिक गरेको छ ।

आईसीसीले एक क्यालेन्डर वर्षमा बलिङ, ब्याटिङ वा अलराउन्डमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समावेश गर्दै टिम अफ दी इयर सर्वजानिक गर्ने गरको छ ।

एकदिवसीय अन्तर्राष्ट्रय टिममा पाकिस्तानका बावर आजाम कप्तान रहेका छन् । उनको टिममा अष्ट्रेलियाका ट्राभिस हेड, आडम जाम्पा, वेस्ट इज्डिजका शाई होप, अल्जारी जोसेफ भारतका श्रेयास आयर, माहमद सिराज न्यूजिल्यान्डका टोम लाथाम, ट्रेन्ट बल्ट जिम्बावेका सिकन्दर राजा र बंगलादेशका मेहिदे हसन मिराज रहेका छन् ।

यस्तै, इङल्यान्डका जोस बटलरको कप्तानीमा टी–२० अन्तर्राष्ट्रिय टिम अफ दी इयर रहेको छ । बटलरको टिममा पाकिस्तानका मोहमद रिजवान, हरिस रौफ, भारतका विराट कोहली, सूर्यकुमार यादव, हार्दीक पाण्डे, न्यूजिल्यान्डका ग्लेन फिलिप्स, जिम्बावेका सिकन्दर राजा, इङल्यान्डका साम कुरान, श्रीलंकाका वानिन्दु हसरंगा र आयरल्यान्डका जोश लिटिल रहेका छन् ।

इङल्यान्यका बेन स्ट्रोक्सको कप्तानीमा टेस्ट टिम अफ दी इयर रहेको छ । उनको टिममा अस्ट्रेलियाका उसमान ख्वाजा, मारर्नस लबुसचङ्ग, पात क्युमिन्स, नाथन लियोन, वेस्ट इन्डिजका क्राइग ब्रेथवेट, पाकिस्तानका बाबर आजम, इङल्यान्डका जोनी बारिस्टो, जेम्स एन्डर्सन, भारतका रिसभ पन्त र दक्षिण अफ्रिकाका कागिसो रबडा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *