वामदेवलाई पार्टीमा एकताबद्ध हुन नेकपा एसका अध्यक्ष माधव नेपालको आग्रह – Nepal Press

वामदेवलाई पार्टीमा एकताबद्ध हुन नेकपा एसका अध्यक्ष माधव नेपालको आग्रह

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेका पूर्वउपाध्यक्ष तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमलाई यथाशीघ्र पार्टीमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

मंगलबार नेकपा एसको कार्यालयमा भएको भेटवार्तामा गौतमलाई पार्टीमा एकताबद्ध हुन नेपालले आग्रह गरेको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बताए ।

गौतमले छिट्टै यसबारे निर्णय गर्ने बताएका छन् । सो अवसरमा दुवै पक्षबीच आफ्ना दस्तावेजहरू आदानप्रदान भएको ज्वालाले बताएका छन् । नेकपा एसले पार्टी एकताका लागि वार्ता टोली बनाएर छलफल गरिरहेको छ ।

यसबीचमा माओवादी केन्द्र र जसपासँग पनि सो पार्टीको छलफल भएको छ ।


प्रतिक्रिया

One thought on “वामदेवलाई पार्टीमा एकताबद्ध हुन नेकपा एसका अध्यक्ष माधव नेपालको आग्रह

  1. लैजाउ लैजाउ । यस्तै पार्टी फुटाउने गद्दारहरूको एउटा झुण्ड बनाउ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर