देउवालाई संसद सचिवालयले पठाएको पत्रप्रति नेमकिपाको आपत्ति (भिडिओ) – Nepal Press

देउवालाई संसद सचिवालयले पठाएको पत्रप्रति नेमकिपाको आपत्ति (भिडिओ)

प्रेम सुवाल भन्छन्- संसदले बनाएको कानून संसदभित्र कार्यान्वयन नभए अराजकता बढ्छ

काठमाडौं । संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सम्बोधन गरेर पत्र पठाएकोप्रति नेमकिपाले आपत्ति जनाएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाको सांसद प्रेम सुवाललेसंघीय सांसदका पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७३ दफा २ को (ङ) ४ अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली कांग्रेस प्रमुख विपक्षी दल हुने अवस्था नभएको बताए ।

उनले भने, ‘संसदले बनाएको कानुन संसद्भित्र कार्यान्वयन नभएमा देशमा अन्य कानुन कार्यान्वयन हुनेमा अपेक्षा गर्न सकिँदैन । यसले देशमा अराजकता बढ्नेछ । संसद सचिवालयले शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेता सम्बोधन गरि पठाएको विषयमा तथ्य चाहिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *