फरार सांसदको विषयमा संवेदनशील छौं, राज्यका संयन्त्रलाई चलाइएकाले नतिजामा ढिला भयो: गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

फरार सांसदको विषयमा संवेदनशील छौं, राज्यका संयन्त्रलाई चलाइएकाले नतिजामा ढिला भयो: गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर राखेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काम गर्नेहरुलाई कानूनभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखेको आरोप लगाए ।

विगतमा शासन गरेका दलहरुमाथि उठेको प्रश्नलाई आफूहरुले कामको माध्यमबाट जवाफ दिने गृहमन्त्री लामिछानेको भनाइ थियो ।

उनले भने, ‘जनताले ठूलो आशा र विश्वास राखेर हामीलाई निर्वाचित गरेर पठाएका छन् । अहिले राज्यका संरचनाहरुलाई जसरी कामका राखिएको छ । तिनको प्रणालीगत सुधारको लागि निरन्तर लागिरहेका छौं । गृह मन्त्रालय प्रणाली सुधारमा निरन्तर लागिरहेको छ। यसले चाँडै परिणाम देखाउन सुरु गर्छ ।’

राज्यका निकायहरुमा आफ्नो मान्छे चाहिने भए प्रणाली सुधारमा तपाईंहरुको योगदान के भन्ने प्रश्नसमेत गर्दै उनले अब गृह प्रशासनले गर्न लागेको प्रणालीलाई सबै हाम्रो मान्छे भनेर मान्नुपर्ने तर्क राखे ।

गृहमन्त्री लामिछानेले भने, ‘क्रसरको विषयमा होस्, फरार सांसदको विषयमा होस्, चाहे आन्दोलनरत अधिकारकर्मीको कुराहरुमा हुन् । गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ । नतिजामा ढिलाइ किन भइरहेको भने राज्यका संयन्त्रलाई चलाइएको छ । त्यसलाई ट्रयाकभन्दा बाहिर राखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर