पहिलो पटक एओजी नाइट राइड सम्पन्न – Nepal Press

पहिलो पटक एओजी नाइट राइड सम्पन्न

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एओजी नाइट राइड सम्पन्न गरेको छ ।एओजी, अपाचे बाइक भएका राइडरको समुदाय हो, जुन मोटरसाइकल प्रति उनको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो ।

भारत तथा अन्य राष्ट्रका अपाचे राइडरले बनेको समुदायले सम्पूर्ण राइडरलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलमा संलग्न गराउँछ ।

शनिबार र आइतबार काठमाडौं देखि चित्लाङ सम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको थियो । उक्त नाइट राइड पहिलो पटक गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार कार्यक्रममा ३० जना राइडरको सहभागिता रहेको थियो । अपाचे राइडरले समाज सेवा लगायतका अन्य थुप्रै कार्याक्रम सञ्चालन गरेका थिए । त्यसैगरी चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर