सूर्य थापाले लगाएको मालाप्रति खिमलाल भट्टराईको प्रश्न, थापाले दिए कडा जवाफ – Nepal Press

सूर्य थापाले लगाएको मालाप्रति खिमलाल भट्टराईको प्रश्न, थापाले दिए कडा जवाफ

रुपन्देही । प्युठानमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा चमत्कारिक नतिजा निकालेका एमाले नेता सूर्य थापा आलोचकलाई कडा जवाफ दिने अग्रपङ्क्तिमा छन् ।

चुनावी नतिजापछि माला र खादाको धेरै प्रयोग गरेको भन्दै उनको आलोचना भएपनि थापा यसलाई स्वभाविक भन्दै आएका छन् ।

जनताले गरेको सम्मान ग्रहण गर्दिन भन्नू त अपमान गरेको होइन र, बढी भद्दा बनाउन आफूले लगाउन पो भएन, यो विषयमा उनको सटिक जवाफ छ ।

मङ्गलवार उनले चुनावपछिको पैसासहितको माला लगाएको तस्बिर सार्वजनिक गरे आफ्नो फेसबुकमा । एमाले नेता खिमलाल भट्टराईले प्रश्न गरे के हो यो भनेर ? तर त्यसको जवाफमा नेता थापाले कडा जवाफ फर्काएका छन् । उनले भने- प्रत्यक्ष जितेर आउनु, जनताबाट परीक्षण हुनु अनि थाहा हुन्छ भनेका छन् ।

नेता भट्टराई राष्ट्रियसभाका पूर्व सांसद हुन् ।

चुनावअघि प्रतिनिधिसभा उम्मेदवार हुने भन्दै राजीनामा दिएपनि पार्टीबाटै टिकट पाएनन् । उनले दाबी गरेको रुपन्देही ५ मा एमाले नेता वासुदेव घिमिरेले जितेका छन् ।

प्युठानमा तत्कालीन ५ दलको गठबन्धनको मत जोड्दा करिब १६ हजार पछाडि रहेपनि थापाले एक्लै लडेर ठूलो मतान्तरमा गठबन्धनको उम्मेदवार जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर