उपसभामुखले लिइन् शपथ, पदबहाली पनि गरिन्

२०७९ माघ ९ गते १८:१७

काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी हुन् । रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएकी थिइन् ।
संसद् सचिवलयका महासचिव डा. भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले उपसभामुखलाई स्वागत गरे ।
रास्वपाबाट समानुपातिक सांसद भएकी मगर सत्तागठबन्धनको साझा उम्मेदवारको रूफमा शनिबार प्रतिनिधिसभा उपसभामुख निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया