निर्मला कुर्मीको न्यायको माग गर्दा पक्राउ परेका रुवी खानसहितका अधिकारकर्मीहरु रिहा – Nepal Press

निर्मला कुर्मीको न्यायको माग गर्दा पक्राउ परेका रुवी खानसहितका अधिकारकर्मीहरु रिहा

काठमाडौं । बाँकेकी निर्मला कुर्मीका लागि न्याय माग्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका रुवी खानसहितका अधिकारकर्मीहरु रिहा भएका छन् ।

सोमबार निर्मलाले न्याय पाउनुपर्ने भन्दै आन्दोलनको नेतृत्व गरेकी खानसहित ७ जना अधिकारकर्मीहरु माइतीघरबाट बबरमहल हुँदै सिंहदरबार जाने क्रममा पक्राउ परेका थिए ।

यसअघि गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत अधिकारकर्मीहरुलाई भेटेर न्याय दिने आश्वासन दिएका थिए । तर गृहमन्त्रीले न्याय दिन कुनै चासो नदेखाएको आरोप लगाउँदै उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *