एटीसीको निर्देशन नमानेका नेवानिका पाँच पाइलट निलम्बित – Nepal Press

एटीसीको निर्देशन नमानेका नेवानिका पाँच पाइलट निलम्बित

काठमाडौं । तीनजना पाइलटले निर्देशन पालना नगर्दा निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेपछि पाइलटलाई निलम्बन गर्न गत शुक्रबार नै निर्देशन दिएको निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

‘पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई निलम्बन गर्न भनिएको हो’, उनले भने । यता निगमले भने अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । तर, प्राधिकरणले भने आफू नियामक भएकाले निगमले आफ्नाे निर्देशन मान्नुपर्ने बताएको छ ।

यस्तै काठमाडौंबाट जापान उड्ने क्रममा निर्देशन नमानेको भन्दै अर्का दुई पाइलट वाईटी जुहार्तन र प्रसन्न राणालाई पनि निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

One thought on “एटीसीको निर्देशन नमानेका नेवानिका पाँच पाइलट निलम्बित

  1. जहाज उडाउने पाइलटले कप उडाएकाे जहाजले कमाएकाे पैसा खाने प्राधिकरणले हाे? पाइलटलाइ रिसउठाउने प्राधिकरणका निर्देशक लाइ हटाउनुहोस।

Leave a Reply to GB Rai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर