निर्मला कुर्मीको न्यायको माग गर्दै गर्दा रुवी खानसहित अधिकारकर्मी पक्राउ – Nepal Press

निर्मला कुर्मीको न्यायको माग गर्दै गर्दा रुवी खानसहित अधिकारकर्मी पक्राउ

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएकी रुवी खानसहित केही अधिकारकर्मी पक्राउ परेका छन् ।

माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै गर्दा आन्दोलनको नेतृत्व गरेकी खानसहित केही अधिकारकर्मीहरु पक्राउ परेका हुन् ।

यसअघि गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत अधिकारकर्मीहरुलाई भेटेर न्याय दिने आश्वासन दिएका थिए ।

तर गृहमन्त्रीले न्याय दिन कुनै चासो नदेखाएको भन्दै अधिकारकर्मीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वर सम्म विरोध याली निकालेका थिए । सोही क्रममा प्रहरीले उनीहरुमाथि धकपकड गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर