नेकपा एस सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन चैत ४ मा – Nepal Press

नेकपा एस सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन चैत ४ मा

सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ ।  सुकुटेमा सम्पन्न पाँचौ पूर्ण बैठकले समाजवादीको केन्द्रीय नीति अनुसार प्रथम जिल्ला सम्मेलनको मिति घोषणा गरेको हो ।

सम्मेलनलाई भव्यतापुर्वक सम्पन्न गराउनका लागि त्यसअघि जिल्लाभर विभिन्न कार्यक्रमहरु गर्ने समाजवादीको बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

समाजवादीले माघ मसान्तभित्र सबै वडामा भेला गरेर संगठीत सदस्यता अध्यावधिक गर्ने, फागनु १५ भित्र सबै पालिकाहरुको भेला गर्ने, फागनु २६ गते जिल्ला सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट गर्ने लगायत बैठकले निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

जिल्ला सम्मेलन केन्द्रीय पार्टीको योजनाहरु लिएर १२ पालिकामा नै खटिने नेताहरुको समेत बैठकले कार्यविभाजन गरेको छ ।

हेलम्बु गाउँपालिकामा विनोद खनाल, गोविन्द विक, मेलम्ची नगरपालिकामा नानीराम चौलागाई, गोविन्द विक, इन्द्रावती गाउँपालिका केशव सापकोटा, रामजी थापा, पाँचपोखरी थाङपाल गाउँपालिका काजी सुनार, हेमबिक्रम थापा, चौतारा साँगाचोकगढी नगरपालिका यमबहादुर महत, दिपक नेपाल,जुगल गाउँपालिका अनिल श्रेष्ठ, सीता थापा, बलेफी गाउँपालिकाका नवराज पौडेल, नरेन्द्र खडका, सुनकोशी गाउँपालिका शिव न्यौपाने, डिएन पराजुली, लिसंखुपाखर गाउँपालिका अनिता लामा, शम्सेर शाक्य, त्रिपुरसुन्दरी गाउँपलिका लीला श्रेष्ठ, चन्द्रसिं मोक्तान, भोटेकोशी गाउँपालिका छिरीङ शेर्पा, लीला श्रेष्ठ र बाह्रविसे नगरपालिकामा नारयण लामा र भुपेन्द्र लामालाई जिम्मेवारी दिइएको छ ।
बैठकले सम्मेलनका लागि जनपरिचालन समितिको संयोजक नानीराम चौलागाई, प्रतिनिधि छनोट समितिको संयोजकमा विनोद खनाल, प्रचारप्रसार समितिमा इश्वरीप्रसाद अधिकारी, आर्थिक समिति कुमारराज घतानी, स्वमसेवक परिचालन रमेश श्रेष्ठ र अतिथी सत्कार तथा मञ्च व्यवस्थापन को जिम्मेवारी कल्पना चालिसेलाई दिइएको छ ।

समाजवादीका केन्द्रीय कमिटीका उपाध्यक्ष मुकुन्द न्यौपाने,जिल्ला इञ्चार्ज सुवास कर्माचार्य, भगवती नेपाल,सोम सापकोटा,गम्भीरलाल श्रेष्ठ लगायतका नेताहरु बैठकमा सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर