अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स क्लबमा गोली चल्दा १० जनाको मृत्यु, १० घाइते – Nepal Press

अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स क्लबमा गोली चल्दा १० जनाको मृत्यु, १० घाइते

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक डान्स क्लबमा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

बिबिसीका अनुसार स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको उक्त क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

१० जना अस्पतालमा भर्ना भएको सिएनएनले उल्लेख गरेको छ । अमेरिकी समयअनुसार शनिबार राती साढे १० बजे भएको गोली प्रहारमा अभियुक्त फरार छन् । गोली हान्ने एक युवक भएको र थप जानकारी नआएकोले अमेरिकी अधिकारीलाई उधृत गर्दै सीएनएनले लेखेको छ ।

गोली हानिएको क्षेत्र एशियालीहरुको बाक्लो बस्ती भएको क्षेत्र हो । सिएनएनका अनुसार ६१ जनसंख्याको ६५.६ पतिशत एशियाली रहेको सीएनएनले उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर