लापरबाहीको आरोपपछि गण्डकी अस्पताल पुगेको ‘प्रसाद २’ टीमद्वारा पीडित युवतीलाई ५१ हजार सहयोग – Nepal Press

लापरबाहीको आरोपपछि गण्डकी अस्पताल पुगेको ‘प्रसाद २’ टीमद्वारा पीडित युवतीलाई ५१ हजार सहयोग

काठमाडौं । चलचित्र ‘प्रसाद २’ मा ब्याक डान्सरको रूपमा काम गर्दै गरेकी सपना नामको एक युवती ढल्दा बेवास्ता गरेको आरोप लागेपछि घटना बुझ्न पुगेका ‘प्रसाद २’ को टिमले पीडित भनिएकी युवतीलाई नगद ५१ हजार रुपैयाँ सहयोग गरेको छ । चलचित्रका लेखक सुशील पौडेल, निर्देशक सुर्दशन थापा र निर्माता सुवास थापासहितको टोलीले आज गण्डकी अस्पताल पुगी उनलाई सहयोग नगद हस्तान्तरण गरेको हो ।

केही दिन अघि पोखराकी सामाजिक कार्यकर्ता तथा शिक्षिका गिभिना मगरले आफ्नो सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै चलचित्र ‘प्रसाद २’ को युनिटमाथि गम्भीर आरोप लगाएकी थिइन् । सुटिङको दौरान बेहोस भएर लडेकी एक कोरस डान्सरको नाजुक स्थिति हुँदा पनि टीमका कसैले सहयोग नगरेको र समयमा अस्पताल नपुर्याएको उनको भनाइ थियो ।

सो समय गिभिनाले लगाएको आरोपबारे विपिन कर्कीले खण्डन गरेका थिए । आज सहयोग नगद हस्तान्तरण गरेपछि निर्माता थापाले पनि सो भिडिओबारे खण्डन गर्दै त्यहाँ भनिएका कुरा सत्य नभएको बताएका छन । उनी भन्छन्, ‘विपिनले बताएको कुरा सही हो । त्यो बहिनी सुटमा हुँदा बेहोस भएको हैन । सुट सकिएपछि उनीहरु आफूआफू रमाइलो गर्दैगर्दा बेहोस भएको हो । त्यही पनि हामीलाई नराम्रो लागेको छ । त्येसैले हामी हाम्रो टिम नै आज त्यो बहिनीलाई भेट्न गण्डकी हस्पिटल, पोखरा आईपुगेका छौं ।हामिले अहिले उनलाई ५१ हजार सहयोग गर्यौ । परी आएको खण्डमा हामी फेरि थप सहयोग गर्नेछौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *