माओवादी केन्द्रीय सदस्य बलको निधन – Nepal Press

माओवादी केन्द्रीय सदस्य बलको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ ।

उपचारका क्रममा आज उनको निधन भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो ।

उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन् ।

बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्।

बलका पति, तीन छोरी र एउटा छोरा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर