पत्रकार गुरागाईँको पहिलो गैर आख्यान ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक – Nepal Press

पत्रकार गुरागाईँको पहिलो गैर आख्यान ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक

काठमाडौं । पत्रकार प्रकाश गुरागाईँको पहिलो गैर आख्यान ‘जङ्क्सन पिपलबोट’ आज सार्वजनिक भएको छ। थापागाउँको मण्डला थिएटरमा पुस्तकको लोकार्पण भएको थियो।

पत्रकार लक्ष्मण कार्कीले सहजीकरण गरेको लोकार्पण कार्यक्रममा पुस्तक बारेमा कविहरू लक्ष्मी माली र पुरुषोत्तम सुवेदी तथा मानवशास्त्री सुरेश ढकालले बोलेका थिए ।

झन्डै आधा दशकको अध्ययन, अनुसन्धान र लेखनपछि पुस्तक तयार भएको लेखक गुरागाईँले बताए ।

पुस्तकले जुद्ध सडक, नयाँ सडक र अहिले न्यू रोड भनिने क्षेत्रबाट उठेको नेपाली राजनीतिक, सामाजिक, साहित्यिक आन्दोलन र आयामहरू बारेमा तथ्यपरक उठान गरेको वक्ताहरूले टिप्पणी गरेका छन् ।

फिनिक्सले प्रकाशन गरेको पुस्तकलाई लेखक तथा पूर्व सांसद नारायण ढकालले टिप्पणी गर्दै भनेका छन्, ‘हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *