यी हुन् उपसभामुख निर्वाचनमा अनुपस्थित सांसदहरू (सूचीसहित)


काठमाडौं । शनिवार सम्पन्न प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा १० जना सांसद अनुपस्थित रहेका छन् ।
उपसभामुखको निर्वाचनमा २६४ जना मात्रै उपस्थित थिए । ती मध्ये उपसभामुखमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले १६६ मत पाएकी छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत पाएकी छन् ।
देवराज घिमिरे सभामुखमा निर्वाचित भएकाले मतदानमा सहभागी भएनन् भने, अन्य १० जना संसदमा अनुपस्थित रहे ।
यी हुन् अनुपस्थित सांसदहरू
१. वर्षमान पुन (बिरामी)
२. कृष्णकुमार श्रेष्ठ
३. धनबहादुर बुढा
४. धवलशमशेर जबरा
५.बिनाकुमारी थनैत
६. मनोरमा शेरचन
७. राजेन्द्र प्रसाद पाण्डे
८. सपना राज भण्डारी
९. लक्ष्मी महतो कोइरी
१०. टेकबहादुर गुरूङ (निलम्बित)