कोटेश्वरमा कोइला बालेर सुतेका चार जना अचेत अवस्थामा फेला, तीन जनाको अवस्था गम्भीर


काठमाडौं । काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुतेका चार जना निसास्सिएर अचेत भएको अवस्थामा फेला परेका छन्।
कोटेश्वर सहयोगीनगरस्थित एक घरमा शुक्रबार राति कोइला बालेर सुतेका चारजना अचेत अवस्थामा भेटिएका र उनीहरुको उपचार भएरहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एसपी दिनेशराज मैनालीले नेपालप्रेसलाई जानकारी दिए।
उक्त घरमा बस्ने ९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिने शिशु श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्।
चारजना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुमध्ये तीन जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको र एक जनालाई छाउनीस्थित आर्मी अस्पतालमा रिफर गरिएको एसपी मैनालीले जानकारी दिए।