विशाल भण्डारीसँग बालेनको फेसबुकमा जुहारी – Nepal Press

विशाल भण्डारीसँग बालेनको फेसबुकमा जुहारी

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गरे ।

काठमाडौं महानगरपालिकाका मेयर साहले डोजर आतंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । रक्षक नै भक्षक भएको भन्दै मेयर साहविरुद्ध प्रश्न उठाउँदै केही प्रश्नको जवाफ मागे।

त्यही साहविरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले मेयर बालेन साहलाई भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गरे । उनले विरोधीको आवाजलाई विकासको तथ्थाङले दबाउन सकिन्छ भन्दै सुझाव दिए ।

आम नागरिकको प्रश्नको उत्तर दिएर पाँच वर्ष चुड्कीमै जान्छ भन्ने आसय राखे । आशा गरिएका मेयरसाहमाथि भत्काएको बाहेक बनाएको केही देखिएन भन्ने गुनासो गर्ने बढेको भनेर मेयर साहलाई सुझाव दिएका थिए । तर डोजर आतंक मचाइरहेका मेयर बालेन साहलाई उनको सुझाव पचेन ।

मेयर साहले निर्देशक भण्डारीले पोष्ट गरेको स्टाटसमा अमर्यादित जवाफ दिएका छन् । आफनै व्यक्तिगत अकाउन्टबाट मेयर साहले उल्टै निर्देशक भण्डारीमाथि टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’

उनको यो जवाफले निर्देशक भण्डारी चकित छन् । उनले आफूले मेयर साहबाट यसप्रकारको जवाफको अपेक्षा नगरेको बताए । मेयर साह पछिल्लो समय जथाभावी डोजर चलाएको भन्दै विवादित बनेका छन् ।

हिजो शुक्रबार काठमाडौं महानगरको नगरसभा चलिरहेको सभागृहबाहिर मेयर विरुद्ध स्थानीय आन्दोलनमा उत्रिए । मेयर साह यतिमै रोकिएका छैनन् ।

उनको यो जवाफ पछि भण्डारीले प्रश्न सोध्न पाइैन भन्दै अर्को प्रश्न गरेका छन् । निर्देशक भण्डारीलाई मादक पदार्थ सेवन गरेर स्टाटस लेखेको आरोप समेत लगाएका छन् । निर्देशक भण्डारी र मेयर साहबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी चलेकाे  छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *