लो-लाइट स्मार्टफोन फोटोग्राफीका पाँच टिप्स, अब यसरी खिच्नुहोस् अध्याँरोमा पनि सुन्दर तस्बिर – Nepal Press

लो-लाइट स्मार्टफोन फोटोग्राफीका पाँच टिप्स, अब यसरी खिच्नुहोस् अध्याँरोमा पनि सुन्दर तस्बिर

काठमाडौं । तस्बिर आफ्नो होस्, कुनै वस्तुको होस् वा कुनै ठाउँवा परिवेशको नै किन नहोस् सकेसम्म सुन्दर तस्बिर खिच्ने सबैको चाहना हुन्छ । प्रविधिको विकाससँगै हाल तस्बिर खिच्नु अत्यन्तै सहज पनि बनिसकेको छ । वर्तमान समयमा प्राय मानिसको हातमा स्मार्टफोन पनि हुने गर्छ ।

हाल बजारमा उलिब्ध धेरै स्मार्ट फोनमा राम्रो गुणस्तरको क्यामरा जडित पनि हुन्छ । यद्यपी धेरै फोनहरुमा जडित क्यामराले दिउँसोको समयमा खिच्ने तस्बिरकाे गुणस्तर र रातको समयमा खिच्ने तस्बिरको गुणस्तर समान हुँदैन ।

यसो त हाल बजारमा उपलब्ध धेरै फोनहरुको क्यामरामा ‘नाइट मोड’ नामक फिचर्स पनि समावेश रहेता पनि धेरै प्रयोगकर्ताले ‘लो लाइट’ मा खिचिएको तस्बिरको गुणस्तर कम रहेको गुनासो गरेको सुनिरहन्छ । यस्तो अवस्थामा स्मार्ट फोनको प्रयोग गरेर ‘लो लाइट’मा कसरी गुणस्तरीय तस्बिर खिच्न सकिन्छ त भन्ने कुरा धेरैको लागि चासोको विषय हुन सक्छ ।

यसका लागि स्मार्ट फोन प्रयोगकर्ताले सबै भन्दा पहिला अधिकांश स्मार्ट फोनको क्यामरामा समावेश हुने नाइट मोडको बारे थाहा पाउनु अत्यावश्यक हुन्छ ।

के हो नाइट मोड भनेको ?

सर्वप्रथम कुनै प्रयोगकर्ताले के बुझ्न जरुरी छ भने ‘नाइट मोड’ भनेको स्मार्टफोनमा रहेको सफ्टवेयर फिचर हो हार्डवेयर होइन , तसर्थ यसले फोनमा जदित क्यामराको लेन्स , अपारचरमा फरक ल्याउन सक्दैन । तर सफ्टवेयर र एआईको संयोजनबाट यसले तस्बिरको गुणस्तर बढाउन मद्दत गर्छ ।

लो लाइटमा खिचिएका तस्बिरहरुको गुणस्तर कम हुनुको मुख्य कारण ‘नोइज’ हो । यहाँ नोइज भन्नाले ध्वनी नभएर तस्बिरको कलर कन्फिगरेसन भन्ने बुझ्नुपर्छ । जब हामी सामान्य मोडबाट लो लाइटमा फोटो खिच्छौं, कलर कन्फिगरेसन कम हुन्छ। फलस्वरुप फोटोको गुणस्तर कम हुन जान्छ ।

यस किसिमको अवस्था सिर्जना हुन नदिन नाइट मोड आवश्यक हुने गर्छ । नाइटमोडले मेसिन लर्निङ मार्फत कलर कफिन्गरेसन ठीक गराउन मद्दत गर्छ । तर सबै फोनहरुको नाइट मोड एउटै हुन्छ भन्ने पनि हुँदैन ।

लो लाइट फोटोग्राफीका ५ टिप्स

–  तस्बिर खिच्नका लागि प्रयाप्त लाइट अहम मानिन्छ । सोही कारण रातको समयमा तस्बिर लिदाँ पनि सकेसम्म प्रकाशको स्रोत खोज्नु ठीक हुन्छ ।

– सामान्यतया सबै स्मार्टफोनहरूमा ‌ओआएस (अप्टिकल इमेज स्टेबिलाइजेशन) हुँदैन र भएका फोनमा पनि यसले लोलाइटमा काम नगर्न सक्छ तसर्थ तस्बिर लिदाँ सकेसम्म स्थिर रहनुहोस् ।

– यदि तपाईको स्मार्टफोनको नाइट मोडमा टाइमरको अप्सन छ भने, त्यसलाई प्रयोग गर्नुहोस्। यसो गर्दा क्यामेराले तस्बिर खिच्नको लागि प्रयाप्त समय पाउँछ ।

– फोटो एङ्गलको ख्याल राख्नुहोस्। जसरी क्यामेरालाई सीधै सूर्यको किरणतिर देखाउँदा फोटो राम्रोसँग आउँदैन, त्यसैगरी वरपरको प्रकाशको कोणले पनि तस्बिर बिगार्न सक्छ। बल्बको प्रकाश तपाईको फोटोमा जस्तै सीधा रेखामा चम्कन सक्छ। त्यसैले ध्यान राख्नुहोस् तपाईंको वस्तुमा प्रकाश धेरै र एउटै दिशाबाट आउनु हुँदैन ।

– यी कुरालाई ध्यानमा राखेर खिचिएका तस्विरको गुणस्तर तुलनात्मक ढंगले बढी हुन्छ । यसमा थप सुधार गर्नका लागि गुगलको स्न्याप्सिड , फोटोसप लगायतका अन्य सफ्टवेयरको पनि प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर