बालुवाटार पुगेका मिटरब्याजीपीडितलाई प्रधानमन्त्रीले दिए समस्या समाधानको आश्वासन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।
शुक्रबार बिहान बालुवाटार पुगेका मिटरब्याजीबाट पीडित किसानसँग उनले यो विषयलाई आफूले प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’
प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकारले आफूहरूको समस्या समाधान गर्नेमा ढुक्क भएको बताएका थिए ।