हट्यो नगद मार्जिनको व्यवस्था

२०७९ माघ ५ गते १७:३४

नेपाल राष्ट्र बैंक । फाइल तस्बिर ।
काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । बिहीबार एकीकृत परिपत्र जारी गर्दै केन्दीय बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ । अब आयातका लागि व्यवसायीले कुनै पनि प्रकारको नगद मार्जिन राख्नु पर्ने छैन ।
केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चिति चाप परेपछि आयातलाई कडाइ गर्दै नगद मार्जिनको व्यवस्था गरेको थियो । एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले दुई पटकमा ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर