राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले कांग्रेसलाई गुन तिर्ने बेला आयो : प्रकाश ज्वाला (भिडिओ) – Nepal Press

राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले कांग्रेसलाई गुन तिर्ने बेला आयो : प्रकाश ज्वाला (भिडिओ)

काठमाडौं । नेकपा एसका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टीले कांग्रेसलाई गुन तिर्ने बेला आएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै विश्वासको मतको गुन तिर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले संकटको बेलामा किन मिलेर जान सक्दैनौं भनेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गरिसकेका छौं । अहिले पनि त्यही अवसर प्राप्त गर्न सकिन्छ । जसरी प्रधानमन्त्रीलाई सबै दलले समर्थन गर्‍यौं अहिले कांग्रेसबाट उम्मेदवारी बनेको ईश्वरी न्यौपानेलाई मत दिऔं । उहाँ योग्य र अनुभवी पनि हुनुहुन्छ ।’

राष्ट्रिय सहमतिको बाटोमा जान प्रधानमन्त्रीको पार्टीले न्यौपानेलाई मत दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर