जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई मन्त्री थपलियाको निर्देशन – Nepal Press

जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई मन्त्री थपलियाको निर्देशन

हेटौँडा । वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा(एमाले) वागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले जनताले गुनासो नगर्नेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

कर्मचारीहरुले र जनप्रतिनिधिको एउटै उदेश्य भनेको जनतालाई बढीभन्दा बढी सेवा दिनु रहेको भन्दै मन्त्री थपलियाले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै थपलियाले कर्मचारीको कामअनुसार मूल्याङ्कन गरिने बताए । उनले भने, ‘फरक फरक पाटोबाट आएपनि हाम्रो मुख्य उद्देश्य जनताको सेवा गर्नु नै हो, हामीले जनताले गुनासो गर्ने गरी काम गर्नुहुन्न ।’

कर्मचारीहरु महत्वपूर्ण काम भएमा अतिरिक्त समयमा पनि कार्यालयमा उपस्थित हुनुपर्ने भन्दै मन्त्री थपलियाले थप काम गर्ने कर्मचारीहरुलाई कामको थप सुविधा प्रदान हुने घोषणा गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव महेश आचार्यले दरबन्दी अनुसार कर्मचारीको परिपूर्ति नभएको जानकारी गराएपछि मन्त्री थपलियाले अपुग दरबन्दीलाई परिपूर्ति गर्न आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *