पोखरा १३ का ३०० जनाको निःशुल्क आँखा परीक्षण – Nepal Press

पोखरा १३ का ३०० जनाको निःशुल्क आँखा परीक्षण

काठमाडौं । पोखरा महानगरपालिका वडा १३ ले ३०० वडाबासीको आँखा परीक्षण गरेको छ । लायन्स क्लब, वडा कार्यालयको आयोजनामा दुई सय महिला र एक सय पुरुषले आँखा परीक्षण गराएका हुन् ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने शिविर सञ्चालन सम्पन्न भएको हो । एक दिने निःशुल्क आँखा शिविरमा ७ जनामा मोतियाविन्दु फेला परेको अध्यक्ष किरण बरालले जानकारी दिए ।

‘मोतियाविन्दु फेला परेका बिरामीलाई हिमालय आँखा अस्पतालले निःशुल्क उपचार गरिदिन्छ,’ उनले भने, ‘आफ्नो वडाबासीको स्वास्थ्यमा ध्यान दिँदै यस्ता शिविर समय-समयमा सञ्चालन गर्ने गरिएको छ ।’

वडाबासीको स्वास्थ्यलाई लिएर जनप्रतिनिधि गम्भीर भएकाले आँखा शिविर सञ्चलन गरिएको भनाइ छ । ‘युवा, युवती, महिला र वृद्धहरूको आँखा परीक्षण गरिएको थियो’, उनी भन्छन् ।

अध्यक्ष बरालले आँखा जस्तो संवेदनशील अंगलाई समयमा रोग लाग्न नदिएर सचेत हुनुपर्ने धारणा राखे । उनले साथसाथै उनीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क उपचारको काम गरिरहेको बताएका छन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर