मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, विपक्षमा शून्य – Nepal Press

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, विपक्षमा शून्य

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । उनलाई १०२ सांसदले विश्वासको मत दिएका हुन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आजको बैठकमा १०२ उपस्थित भएको र प्रस्तावको पक्षमा सबै १०२ मत खसेको जानकारी दिए । उनले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेको घोषणा पनि गरे ।

गत पुस २७ गते जसपा संसदीय दलको नेता यादवले सत्ता साझेदार दलहरु र स्वतन्त्र साँसद गरी ६३ साँसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । २९ गते पद तथा गोपनीयताको शपथ लिएका उनले आज विश्वासको मत पनि प्राप्त गरेका छन् ।

मुख्यमन्त्री बन्ने बेलामा यादवलाई नेपाली काँग्रेस, लोसपा र नेकपा एसले समर्थन गरेको थिएन । तर आज काँग्रेस, लोसपा, नेकपा एस, सत्ता साझेदार सबै दल र तीन स्वतन्त्र साँसदले पनि उनलाई विश्वासको मत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर