रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठाेकिँक्दा १० जना घाइते

२०७९ माघ ४ गते १२:२८

सांकेतिक तस्विर
रुपन्देही । पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् ।
बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारगैरामा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलबस्तुतर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो एकआपसमा ठक्कर खाएका थिए ।
दुर्घटना परी घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर