कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखबारे निर्णय हुने

२०७९ माघ ४ गते ७:२५

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।
प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।
बिहान ९ बजे बस्ने पदाधिकारी बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ।
संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।
प्रतिक्रिया